• २०८१ पुष ८, २०८१ ०९:४०

काठमाडौँको रामकोटमा एकै परिवारका ५ जना बेहोस, एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका- ६ स्थित रामकोटमा एकै परिवारको ५ जना बेहोस अवस्थामा फेला परेका छन् । उनीहरुले विष सेवन गरेको आशंका गरेका छन् । ५ जना मध्ये एकजनाको भने मृत्यु भएको प्रहारले जानकारी दिएका छन् । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् ।

अचेत अवस्थामा फेला परेका ४ जनालाई स्वयम्भूस्थित मोनमोहन अस्पतालमा लागिएको छ । प्रहरीका अनुसार उनीहरुले विष सेवन गरेको हुन सक्ने बताएका छन् तर एकिन भईनसकेको बताएका छन् । आज मात्रै ललितपुरको कोंज्योसोम गाउँपालिका -४ मा पनि एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । उनीहरुको मृत्यु कारण भने कोइला बालेर सुतेको र अक्सिजन कमिको कारण घटना घटेको बताएको छ । घटना घटेको कोठामा कोइला पनि भेटिएको छ ।