• २०८१ पुष ८, २०८१ ११:२७

गोरखाका दुई वडामा पहिलोपटक महिला वडाअध्यक्ष निर्वाचित

काठमाडौँ । भर्खरै सम्पन्न भएको स्थानीय तहको मतपरिणाम अहिले धमाधम आइरहेका छन् । देशैभरि बाट मतगणनाको परिणाम आइरहदा महिला पनि धेरै स्थानीय तहमा बिजयी भएका छन् । त्यस्तै गोरखाको २ वडामा पनि पहिलोपटक महिलाले वडा अध्यक्ष पदमा बिजयी हासिल गरेका छन् । सिरानचोक गाउँपालिका वडा नम्बर १ र सहिदलखन गाउँपालिका २ मा महिला वडा अध्यक्ष निर्वाचित भएका हुन् । सिरानचोक १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मनिता गुरुङ्ग र सहिदलखन गाउँपालिका २ मा माओबादी केन्द्रबाट उम्मेदवार बनेकी सकुन थापा मगर वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मनिता गुरुङले चारसय ४० मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमबहादुर लामाले दुई सय ९८ मत प्राप्त गरे । वडासदस्य पदमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।  सहिदलखन २ की वडाअध्यक्ष थापाले पाँच सय ७२ मत पाएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी पूर्ववडाध्यक्षसमेत रहेका एमाले उम्मेदवार अचलबाबु थापाले चार सय ५३ मत पाएका थिए । वडाध्यक्ष पदमा निर्वाचित भएको खुसी लागेको बताउँदै उनले भनिन्, ‘हामीले घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्ने हो ।

९४ वटा वडा रहेको यहाँ यसअघि २०७४ को स्थानीय तहको निर्वाचनका कुनै पनि वडामा महिला वडाध्यक्ष थिएनन् । यसपटक दुईवटा वडामा महिला वडाध्यक्ष निर्वाचित भएका हुन् ।