• २०८१ पुष ८, २०८१ ०९:५६

रबि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ । संचारकर्मी रबि लामिछानेले नयाँ पार्टी खोलेका छन् । मंगलबार राष्ट्रिय सभामा गरिएको बिशेष पत्रकार सम्मेलन मार्फत उनले नयाँ पार्टीको घोषणा गरेका हुन् । रविले खोलेको नयाँ पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहेका छन् । नयाँ पार्टीको घोषणा संगै रबि लामिछानेले आज नै निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने कार्यक्रम रहेको छ ।रविले राष्टिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरामा राखेको बताएका छन् । यस्तै पार्टीको चुनाब चिन्ह घन्टी राखेका छन् । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री व्यवस्था हुने र पार्टीमा भात्री संघठन, कार्यकर्ता कोहि पनि नहुने बताएका छन् ।

रबि लामिछानेले राजनीतिमा आउने बताईरहदा उनि स्वतन्त्र उम्मेदवार बन्ने हुन् कि भन्ने चर्चा चलेको थियो यधपि उनले नयाँ पार्टी खोलेर राजनीतिमा प्रवेश गरेका छन् । देशमा राजनीतिक दल प्रति देखिएको असन्तुष्टिले गर्दा आमजनता निरास भएका बेला रविले नयाँ पार्टीको घोषणा गरेका हुन् । रबिलाई राजनीतिमा आईदिए हुन्थ्यो भन्ने धेरै शुभचिन्तकको चाहना भने साकार भएका छन् तर संचारकर्म जस्तो राजनीतिक कर्म सोचे जस्तो सजिलो भने छैन। रविको पार्टीमा जोकोही पनि राम्रा स्वतन्त्र व्यक्तिहरु सदस्य बन्न सक्ने छन् ।