• २०८१ पुष ८, २०८१ ०९:३१

रामकुमारी झाक्री रुदै सरकारबाट बाहिरिन्

काठमाडौँ । मन्त्री रामकुमारी झाक्री र प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर आले र झाक्री सरकारबाट बिदा भएका हुन् । बिदाई कार्यक्रममा झाक्रीले गहभरि आँशु झारेकी थिइन् उनले पटक पटक आँशु टिस्यु पेपरले पुछेका थिइन् । उनले करिब ८ महिना शहरी विकास मन्त्रीको रुपमा गठबन्धन सरकारमा सहभागी भएर कार्य गरेकी थिइन् ।

मन्त्री झाक्रीले पदमा रहदा कति काम सफल गर्न सकिन् वा सकेनन् त्यसको लेखाजोखा भने हुन बाँकी नै रहेको छ तर उनले जादा जादै भने काठमाडौँ महानगरमा थुप्रेको फोहोरको ब्यबस्थापनको लागि उल्लेखनिय भुमिका निर्वाह गरेकी थिइन् । काठमाडौँको फोहोरलाई नुवाकोटको बन्चरे डांडामा ब्यबस्थापन गर्ने काममा उनि सफल भएको मान्न सकिन्छ ।