• २०८१ पुष ८, २०८१ ०९:१३

केपी ओलीले गरे बालकोटबाट मतदान

काठमाडौँ ४, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटबाट मतदान गरेका छन् । आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

ओलीले संचारकर्मीसंग प्रतिक्रिया दिदै मंसिर १५ गते सम्ममा एमालेको बहुमतको सरकार बन्ने बताएका छन् । यदि एमालेको सरकार नबने पनि चुनाबमा सहकार्य गरेका दलहरुसंग मिलेर सरकार बनाउने बताएका छन् ।

अध्यक्ष ओलीले भने,‘जनतालाई आम निर्वाचनमा सहभागि हुन आग्रह गर्दछु । म अहिले यत्ति भन्छु, मनपरेको पाटीमा उम्मेदवारलाई भोट हाल्न र मताधिकार प्रयोग गर्न आग्रह गर्दछु । निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु । मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदी भएन भने साझेदार गरेका दलहरुसँग सरकारमा सामेल हुन्छौं । निर्वाचनको कार्य भइरहँदा विभिन्न स्थानमा अप्रिय घटना भएका छन्, त्यसमा हाम्रो चासो रहेको छ । निर्वाचनको समयमा विभिन्न प्रकारका शक्ति लागेको तथा निर्वाचनको गरिमा बिगार्ने तथा युवालाई आवेगमा ल्याउन खोजिएको छ । छिटफुट अप्रिय घटना भएपनि आम रुपमा राम्रो तरिकाले निर्वाचन भएको छ । साथै अप्रिय घटना भएका ठाउामा मतदान दोहोर्‍याएर गर्नुपर्ने हुन्छ