नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ पुगेका छन् । प्रचण्ड गोरखा क्षेत्र नं. २ को तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार हुन् । उनले आइतबार बिहान चितवनमा पुगेर मतदान गरेर गोरखा गएका हुन् ।
प्रचण्डले गोरखा क्षेत्र नं. २ को विभिन्न स्थानमा पुगेर मतदान केन्द्रको अवलोकन गरेका छन् । उनले तेह्र किलोस्थित मतदान केन्द्र, पालुङ्टार वडडाँडास्थित मतदान केन्द्र, छेपेटार मतदान केन्द्र, बिरेंचोक मतदान केन्द्र र कुन्दुरटार मतदान केन्द् लगायत ठाउँमा पुगेर अवलोकन गरेका छन् । उनले मतदाता संग पनि भेटेर प्रत्यक्ष कुराकानी पनि गरेका छन् ।