• २०८१ पुष ८, २०८१ ०९:३६

पूर्वसहमति नलिइ मतदान स्थगन नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ ४, निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारू गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने आयोगले आज सूचना जारी गरी स्पष्ट गरेको छ ।

मतदानको क्रममा केहि ठाउँको मतदानस्थल आगजनी भयेअ संगै मतदान स्थगित भएको छ भने कहीं पुन संचालन भएको छ । बाजुरामा एउटा मतपेटिकामा आगजनी भएको छ भने दोलखाको मतदानस्थलमा ७ राउण्ड हवाई फायर भए संगै मतदान स्थगित भएको छ । केहि मतदानस्थलमा छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण भएको निर्वाचन आयोगले बताएको छ ।