काठमाडौँ ४ , प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा लगभग ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगले सोचेको भन्दा मत नखसेको बताएका छन् ।
निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको बताएको छ । मतपेटिका मतगणना स्थलमा ल्याएपछि आजै राति बाट मतगणना हुने बताएको छ । हिमाली क्षेत्रमा मतदानस्थलबाट मतपेटिका हेलिकप्टर बाट ल्याइने बताएको छ । यस्तै मतदान स्थगित भएको ठाउँमा २ दिन भित्र मतदान गर्ने बताएको छ ।