• २०८१ पुष ७, २०८१ ११:४८

३६ बर्ष पछि विश्वकपको ट्रफी अर्जेन्टिनालाई

काठमाडौँ । २०२२ को विश्वकप बिजेता अर्जेन्टिना बनेको छ । आइतबार भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउदै विश्वकपको ट्रफी जितेको हो ।

कतारमा सम्पन्न विश्व कप २०२२ फाइनल खेलको पहिलो हाफ टाइममा अर्जेन्टिनाले २ गोल गर्दै अग्रता दिलाएको थियो । पहिलो गोल मेस्सिले पेनाल्टी मार्फत गोल गरेका थिए  भने दोश्रो गोल डी मारियाले गरेका थिए । खेलको दोश्रो चरणमा फ्रान्सका तर्फबाट एम्बाप्पेले पेनाल्टी मार्फत गोल गरेका थिए भने लगत्तै उनले थप एक गोल गर्दै खेललाई बराबरी गरेका थिए । खेलको ९० मिनेटमा दुवै तर्फ २-२ गोल भए पछि खेलको एक्स्ट्रा ३० मिनेट थप भएको थियो ।

थपेको ३० मिनेटको समयमा मेस्सिले गोल गर्दै अर्जेन्टिनालाई ३ गोल बनाएको थियो भने त्येसको लगतै फ्रान्सको तर्फबाट पाएको पेनाल्टीलाई एम्बाप्पेले गोलमा परिणत गर्दै अर्जेन्टिना संग बराबरी गरेका थिए । खेलको एक्स्ट्रा समयमा दुवै तर्फ ३-३ गोल भएपछि खेल पेनाल्टी शुट आउट पुगेको थियो । पेनाल्टी शुट आउटमा अर्जेन्टिनाले फ्रान्सलाई ४-२ ले हराउदै विश्वकपको ट्रफी ३६ बर्ष पछि जितेको हो ।