• २०८१ पुष ८, २०८१ ०५:५३

प्रचण्ड देउबासंग निर्णायक संवाद गर्न बालुवाटार पुगे

काठमाडौँ । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधनमन्त्री शेरबहादुर देउबा संग संवाद गर्न बालुवाटार पुगेका छन् । प्रचण्ड खुमलटारको पदाधिकारी बैठक सकेर बालुवाटार पुगेका हुन् । प्रचण्ड र देउबाबीच वान टु वान संवाद हुने बताएको छ । प्रचण्डले पहिलो कार्यकाल अर्थात् २ बर्ष आफुले सरकारको नेतृत्व गर्न पाउनु पर्ने दाबी गरेका छन् भने देउबा पनि पहिलो कार्यकाल नै प्रधानमन्त्री बन्ने अडानमा नै रहेका छन् ।

नेपाली कांग्रेसले राष्टपति र प्रधानमन्त्री दुवैमा आफ्नो दाबी गरेका छन् भने माओबादीले प्रधानमन्त्री र राष्टपति दुवै पद कांग्रेसलाई छाड्न नसकिने बताएका छन् ।  राष्टपतिले दिएको समय अवधि आज ५ बजे सकिदै छ । दुवै पक्ष आ–आफ्नो अडानमा भएपछि समझदारी बन्न सकेको छैन । अहिले भइरहेको देउवा प्रचण्डबीच भएको संवादले गठबन्धन रहने कि नरहने टुंगो लाग्ने बताएको छ ।