• २०८१ पुष ८, २०८१ ०५:२३

सन्दिप लामिछाने आज धरौटीमा छुट्दै

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने आज धरौटीमा छुट्ने भएको छ । पाटन उच्च अदालतले काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

नाबालिकालाई बलात्कारको आरोप खेपेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् । जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन प्रहरीले काठमाडौँको विमानस्थलबाट लामिछानेलाई पक्राउ गरेको थियो ।