• २०८३ जेष्ठ २५, २०८३ ०२:२३

दक्षिण कोरियाले २०२३ को दोस्रो चरणमा २८ हजार कामदार लाने

काठमाडौँ । दक्षिण कोरियाले इपिएस मार्फत २०२३ को दोस्रो चरणमा जाने कामदारको संख्या र मिति सार्वजनिक गरेको छ ।

दोस्रो चरणमा २८,१२८ जना छनौटमा पर्ने कामदारको कोरियाको मानव संसाधन केन्द्र HRD ले रोजगार अनुमती पत्र जारी गर्ने भएको छ ।

रोजगार अनुमती पत्र जारी गरिसकेपछी कामदारको कोरिया प्रवेशको पहिलो चरणको प्रकृयामा सम्मिलित हुनेछन । कोरियन भाषा पास गरेर रोष्टरमा ब्यक्तिगत विवरण प्रमाणित भएकाहरुलाई कम्पनिको विवरण सहितको रोजगार अनुमती पत्र जारी भैसकेपछी कम्पनिले श्रम सम्झौता पठाउनेछ ।

२०२३ को दोस्रो चरण अन्तर्गत जारी हुनेमा सबैभन्दा धेरै उत्पादन मुलक क्षेत्रमा रहेका छन जसमा उत्पादन मुलक क्षेत्रम २० हजार ६५९ जना रहेका छन् । यस्तै कृषि तथा पशुपालन क्षेत्रमा ३८२५ जनाको माग भएको छ । यस्तै मत्स्यपालन क्षेत्रमा २ हजार १ सय ९३ जना, निर्माण तर्फ १ हजार ४९ जना , सेवातर्फ ४ सय २ जना रहेका छन ।

२०२३ को दोस्रो चरणको लागि कोरियाले आवेदन दिने मिति पनि उल्लेख गरिएको छ । उत्पादन तर्फ जान चाहनेले २०२३ को मार्च २० गते देखि २४ गते सम्म आवेदन दिन सक्नेछ भने कृषि तर्फ जान चाहनेले २०२३ को मार्च २७ गते देखि ३१ गते सम्म आवेदन दिन सक्ने छ ।