काठमाडौँ । राष्ट्रपति पदमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।
शनिबार बिहान बसेको नेपाली कांग्रेसको कार्यसमितिको बैठकले पौडेललाई राष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । पौडेल पूर्व सभामुख, गृहमन्त्री तथा उपप्रधानमन्त्री पदभार समाली सकेका छन् उनले प्रधानमन्त्री बन्न धेरै पटक प्रयास गरेका थिए तर उनको प्रधानमन्त्री बन्ने चाहना सफल हुन सकेन । यो पटक भने राष्ट्रपति बन्ने सम्भावना भने प्रवल देखिएको छ । पौडेललाई राष्ट्रपति बनाउन नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजबादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपाको लगायतको समर्थन रहेको छ ।