• २०८१ पुष ८, २०८१ ०५:१३

राप्रपाले छाडे प्रचण्ड सरकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । शनिबार दिउसो राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्ड समक्ष राजिनामा बुझाएका छन् । शनिबार बिहान बसेको राप्रपाको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाको तर्फबाट उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे र कानुन मन्त्री ध्रुबबहादुर प्रधानले राजिनामा दिएका हुन् ।

शुक्रबार साझ नेकपा माओबादी, केन्द्र नेपाली कांग्रेस, जनता समाजबादी पार्टी, एकिकृत समाजवादी पार्टी लगायत आठ दलले नयाँ गठबन्धन बनाए पछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ  । यस्तै नेकपा एमालेले राष्ट्रपति पदमा सुवास चन्द्र नेम्वाङ्लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमाले पनि प्रचण्ड सरकारबाट बाहिरिने सम्भावना देखिएको छ तर त्यसको निर्णय अझै आइसकेको छैन ।