काठमाडौँ । नेपाल सरकारले जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । सरकारले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको हो । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसअघि गत हप्ता पोखराका व्यवसायीसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।