• २०८१ पुष ८, २०८१ ०८:३५

चितवनमा रवि लामिछाने अत्यधिक मतले विजयी

काठमाडौँ । उपनिर्वाचनमा रवि लामिछाने चितवन २ बाट अत्यधिक मतले विजयी भएका छन् । बैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत ल्याएका छन् भने एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका छन् । मङ्सिर ४ गते भएको आमनिर्वाचनमा लामिछानेले ४९ हजार २६१ मत ल्याएका थिए । यसपटक उपनिर्वाचनमा रविले मंसिरको चुनावको भन्दा ४ हजार ९१५ मत बढी ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन संगै तनहुँ क्षेत्र नम्बर १ बाट अर्थविद स्वर्णिम वाग्ले विजयी भएका छन् । वाग्लेले ३४ हजार ९१९ मत ल्याएका छन् । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याएका छन् भने एमाले उम्मेदवार सर्बेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएका छन् ।