• २०८१ पुष ८, २०८१ ०५:५१

कलंकी बसुन्धारा सडक बिस्तारको लागि २ अर्ब ७ करोड

१५ जेठ काठमाडौँ । सरकारले कलंकी बसुन्धारा सडक विस्तारका लागि २ अर्ब ७ करोड बजेट छुट्याएको छ । अर्थमन्त्रीले आर्थिक बर्ष ८०/८१ को बजेट मार्फत उक्त बजेट बिनियोजन गरेको हो । अहिले बसुन्धारा कलंकी सडक विस्तार कार्य भइरहेको छ । अहिले सडकको छेउमा भएको भौतिक संरचना हटाउने कार्य भईरहेको छ ।

यस्तै बजेट मार्फत सरकारले काठमाडौँको ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ । यस्तै बजेटमा टोखा खहरे सुरुङ्ग मार्गको लागि १ अर्ब बजेट बियोजन गरिएको छ ।