• २०८१ पुष ८, २०८१ ०४:०९

अब विदेश भ्रमण जादा २५ सय अमेरिकी डलर सटही सुविधा पाउने

साउन ७, काठमाडौँ । सरकारले अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय अमेरिकी डलर सटही सुविधा पाउने भएका छन् । यसले विदेश भ्रमणमा जाने नेपालीलाई केहि सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो नीति ल्याएको हो ।

हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो । उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पुर्‍याइएको हो । विद‍ेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।