• २०८३ भाद्र २३, २०८३ ०६:४०

मोरक्कोमा ६.८ रेक्टरको भूकम्प : २९६ जनाको मृत्यु

२३ भदौ, काठमाडौँ । मोरक्कोमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार राति ११ बजेको समयमा ६.८ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परि करिब २९६ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।  भूकम्प जादा कयौं भवनहरु भत्किएका छन् भने मानिसहरु घरबाट निस्केर खुल्ला ठाउँमा गएका छन् ।

भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । यूएएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ ।

भूकम्प पछि कयौं मानिसहरुले सडकमा रात बिताएका थिए । मृत्यु हुनेहरु धेरै पहाडी इलाकामा भूकम्प केन्द्रबिन्दु आसपास क्षेत्रमा रहेको छ । पहाडी इलाका र सडक भत्किएको कारणले भूकम्प पछि उद्धार कार्य कार्यमा कठिनाइ उत्पन्न भएको छ ।