• २०८१ पुष ८, २०८१ ०१:०४

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ जना घाइते

काठमाडौँ – जाजरकोट र रुकुममा भूकम्पले ठुलो जन धनको क्षति पुर्याएको छ । रति सम्मको अपडेट अनुसार मृत्यु हुनेको संख्या १९७ पुगेको छ भने घाइतेको संख्या १९७ जना पुगेको छ । हिजो जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ रेक्टरको भूकम्पले हजारौंको संख्यामा घरहरु भत्केका छन् । सबै भन्दा धेरै क्षेति जाजरकोट र रुकुम पश्चिममा भएको छ भने दैलेख र बैतडीमा सामान्य क्षेति पुगेको छ ।

जाजरकोटमा प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेकोस संख्या १०५ पुगेको छ भने रुकुममा ५२ जना पुगेको छ ।

यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन-तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।