• २०८१ पुष ८, २०८१ ०१:४८

भूकम्प पिडितका लागि भारतले गर्यो १६ करोडको सहयोग

काठमाडौँ – जाजरकोटमा भूकम्प पछि भिभिन्न देशले सहयोग गर्ने क्रम जारि रहेको छ । आइतबार भारतले १६ करोड रुपयाँ बराबरको राहत सामग्री नेपाललाई प्रदान गरेको छ । जाजरकोटमा शुक्रबार गएको भूकम्पपछि  तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन सहयोग गर्ने प्रतिबद्धता गरे अनुसार राहत सामग्री उपलब्ध गराएको नेपालस्थित भारतीय दुतावासले जानकारी गराएको छ ।

भारतीय वायसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । उक्त सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि थिए ।

राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटरजस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेको दूतावासले जनाएको छ ।

छिमेकि देश चीनले भूकम्प पीडितका लागि १० करोड सहयोग गर्ने प्रतिबद्ता जाहेर गरेका छन् । यस्तै अमेरिकाले पनि आपतकालीन सामग्री जाजरकोटमा उपलब्ध गराई सकेको छ ।