• २०८१ पुष ८, २०८१ ०५:०४

जापानमा प्लेन अवतरण गर्ने क्रममा रनवेमा अर्को प्लेनसंग ठोक्किदा आगलागी

काठमाडौँ ।। जापान एयरलायन्सको विमान अवतरण गर्ने क्रममा रनवेमा कोस्ट गार्डको प्लेन संग ठोक्किदा आगलागी भएको छ । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा यो घटना भएको जपनानिज मिडियाले बताएका छन् । जापानको स्थानीय समय अनुसार साझको ६ बजे यो घटना भएको जनाएको छ ।

उक्त विमानमा ३६७ जना यात्रु र १२ जना चालक दलका सदस्य रहेका छन् । विमानमा रहेका ३७९ जनालाई बाहिर निकालिएको बताएका छन् । यस्तै फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ ।

एनएचकेका अनुसार दुर्घटनामा परेको कोस्ट गार्डको विमान सोमबार जापानमा गएको शक्तिशाली भूकम्पपछि आपूर्तिहरू पुर्‍याउन पश्चिमी जापानतर्फ गइरहेको थियो ।

एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ । एनएचकेले दिएको जानकारी अनुसार उडान नम्बर ५१६ को जापान एयरलाइन्सको विमान होक्काइडोको उत्तरी प्रान्तको न्यू चितोसे एयरपोर्टबाट हानेदा प्रस्थान गरेको थियो ।