काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआइबीले ३ जना पक्राउ गरेका छन् । बिहिबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बाँसबारी छालाजुत्ता भएको १० रोपनी जग्गा सिजी रेसिडेन्सी नाममा नामसारी गरेको आरोपमा ब्यबसायी अरुण चौधरी, अजित नारायण थापा र संजय ठाकुर पक्राउ परेका छन् । चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ गरेको हो ।
बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा अहिले सिजी चांदबाघको नाममा रहेको छ भने यसको अध्यक्ष संजय ठाकुर हुन् भने अरुण चौधरी यसमा सदस्य रहेका छन् । यस्तै अजित नारायण थापा तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाको कार्यकारी प्रमुख रहेका थिए । सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।
चौधरी र थापालाई बिहीबार नै हिरासतमा राख्ने अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।