• २०८१ पुष ८, २०८१ ०९:४५

धरहरा पार्किंङको विषयमा काठमाडौँ महानगर र मन्त्रालयबीच विवाद चर्कियो

काठमाडौँ । सुन्धारास्थित धरहरामा बन्दै गरेको पार्किंङ खुल्ला गरेको बिषयमा काठमाडौँ महानगर पालिका र शहरी विकास मन्त्रालय बीच विवाद उत्पन्न भएको छ । धरहरामा भूमिगत ३ तल्लाको पार्किङ निर्माण सम्पन्न नभईसकेको भन्दै शहरी विकास मन्त्रालयले शुक्रबार काठमाडौँ महानगरलाई पत्र काटेको छ । पत्रमा शहरी विकास मन्त्रालयले महानगरलाई पर्किङ बन्द गर्न भनेको छ । उसले भूमिगत पार्किंङ निर्माण सम्पन्न नभई खुलाएको भन्दै असन्तुष्टि जनाएको छ । निर्माणधिन रहेको पार्किंङ्ग मानवीय दृष्टिले जोखिमपूर्ण रहेको भन्दै पार्किङ स्थगित गर्न भनेको छ । पार्किंङ खोल्दा शहरी मन्त्रालय र निर्माण ब्याबसायी संग महानगरले समन्वय नगरेको विज्ञप्तिमा भनेको छ ।

काठमाडौँ महानगर पालिकाले माघ ९ गते देखि न्यूरोडको सडकमा पार्किङ निषेध गरेको थियो। न्यूरोडको पार्किंङ निषेधपछि न्यूरोडको ब्यापारीले विरोध जनाएको थियो । काठमाडौँ महानगरले न्यूरोडको विकल्पको रुपमा बन्दै गरेको काठमाडौँ भ्यु टावरमा पार्किंङको निशुल्क व्यवस्था गरेको थियो । महानगरले  काठमाडौँ भ्यु टावरमा पार्किङ खोलेपनि न्यूरोडको लागि अपाई पर्ने भएकोले न्युरोडको ब्यापारीहरु सन्तुष्ट बनेनन् जसले गर्दा ब्याबसायीहरुले निरन्तर आन्दोलन गर्न थालेपछि काठमाडौँ महानगरले माघ १४ गते धरहरामा बन्दै गरेको भूमिगत पार्किंङको पहिलो तल्ला सर्बसाधारणको लागि खुल्ला गर्ने निर्णय गरेको थियो । न्यूरोड आउने जोकोहीलाई पनि धरहराको निशुल्क पार्किङले राहत दिएको थियो । धरहराको भूमिगत पर्किङ मानबीय दृष्टिले भने सुरक्षित छैनन् । किनभने पहिलो कुरा त्यहाँ अझै निर्माण सम्पन्न हुनै बाँकी छ भने दोस्रो भनेको त्यो पर्किङमा दिउसै अध्यारो भएकोले टच बत्ति बालेर बाइक पार्किंङ गर्नु पर्ने हुन्छ।

निर्माणधिन धरहरा भूमिगत पार्किङमा भेन्टिलेसन सिस्टम, फायरफाइटिङ सिस्टम, विद्युत् जडानको काम र सीसीटीभी जडान नभएकाले सुरक्षा जोखिम औंल्याउँदै मन्त्रालयले भनेको छ, ‘निर्माण कार्यसम्पन्न नै नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा हुने मानवीय क्षतीको सम्भावना देखिएको छ ।’

भूमिगत पार्किंङ निर्माण भईरहेकोले गेट देखि पार्किंङ सम्म निर्माण सामग्रीहरु छरिएको देखिन्छ । जसले गर्दा निर्माण सामाग्रीहरु टुट्ने फुट्ने हुन्छ भने काम गर्नेहरुलाई पनि असहज बनाउदा काम झन् ढिलो सम्पन्न हुने देखिन्छ । भूमिगत पार्किंङमा दिनमा एक हजार देखि १२ सय सम्म दुई पांग्रे सवारी साधन पार्किंङ भईरहेको छ जसले गर्दा काममा असर पुगेको निर्माण ब्याबसायीले बताएका छन् ।

काठमाडौँ महानगर पालिका भने पार्किंङ खुल्ला गर्ने निर्णयबाट पछि नहट्ने संकते गरेको छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक संजालमा लेख्दै शहरी विकास मन्त्रालयलाई जवाफ फर्काएका छन् । धरहरा निर्माण सम्पन्न भएर उद्घाटन गरेको  बर्ष ९ महिना पुग्दा पनि बनाएर पनि नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो भन्दै प्रश्न गरेका छन् । तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ  भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनले धरहरा पार्किङ बन्द नहुने भन्दै सर्बसाधारणको लागि खुल्ला रहेको बताएका छन् ।