• २०८१ पुष ८, २०८१ ०४:२५

बाल श्रम अन्त्यका लागि तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान

काठमाडौं । विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको बालश्रमअन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ ।प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्नेउद्देश्यले व्यापक छलफल गरेको थियो ।

सीएसओज फोरम अन एसटिजी ८.७  नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै अधिकारकर्मीमिलन धरेलले अर्को विश्व सम्भव छ भनिरहँदा बालश्रम नभएको विश्वको परिकल्पना गरिएकोबताए । उनले भने विश्वभरि अहिले करिव १६ करोडको हाराहारीमा बालबालिका श्रममा छन्भनिएको छ । यसलाई हेर्दा जनचेतनाको कमी, गरीबी र अभाव मात्रै बालश्रमको जड कारण होइन। बालश्रम युद्ध र राजनीतिक विषयको रुपमा पनि रहेको छ । अधिकारकर्मी मनिराम आचार्यले नेपालमा बालश्रमको अवस्थाको बारेमा चर्चा गर्दै यहाँ बालश्रमसामाजिक रुपमा स्वीकार गरिएको विषय भएको बताए । उनले भने, समाजले नै यहाँबालश्रमलाई स्वीकार गरेको छ । त्यसैले यसकोरोकथामका लागि सोही अनुसारको निती निर्माणर त्यसको प्रभावकारी कार्यन्वयनमा जोड दिनु आवश्यक छ ।

उक्त अवसरमा आफ्नो धारणा राख्दै ट्रेड युनियनकर्मी स्मृति लामाले मर्यादित श्रममा वयस्कश्रमिकहरूको सहभागिता नहुँदा बालश्रम बढ्दो क्रममा रहेको बताउँदै बालश्रम रोक्न श्रोत मै कामगर्नु पर्ने बताइन । उनले भनिन्, बालश्रम गरिबीले मात्रै सिर्जित समस्या नभएर यसमा अन्यकारणहरू पनि रहेका छन् । त्यसको पहिचान गरेर काम गर्नु पर्ने आवश्यकता छ ।

अधिकारकर्मी रञ्जना शर्माले बालश्रम हिडन फर्ममा गइरहेको बताउँदै नेपालमा विद्यमानबालश्रमको अवस्थाको बारेमा गरिएको अध्ययन उपलब्धिका बारेमा जानकारी गराएकी थिइन । ग्लोबल प्यानलले बाल श्रमको क्षेत्रमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न, बाल अधिकारको रक्षागर्न र बालश्रम शोषण रोक्न प्रभावकारी र शसक्त प्रयासहरूको तत्काल आवश्यकता रहेकोऔँल्याएको थियो । ग्लोबल प्यानलको छलफलमा बालश्रमको अन्त्य र बालअधिकारका सबालमाउठेका प्रश्न र प्राप्त भएका सुझावका आधारमा विभिन्न ८ बुँदे माग समेत जारी गरिएको छ ।