काठमाडौँ । नेकपा माओबादी केन्द्रले ५ जना मन्त्रीको नाम टुंगो लगाएको छ । नयाँ बन्ने मन्त्रीमा बर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । यस्तै नारायणकाजी श्रेष्ठ उपप्रधान तथा पराराष्ट्रमन्त्री बन्ने भएको छ । प्रचण्ड सरकारमा उर्जा मन्त्री बनेका शक्ति बस्नेत र सूचना मन्त्री बनेकी रेखा शर्मा पनि मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले मन्त्री पदको शपथ लिईसकेका छन् । उनीहरुको मन्त्रालय अझै टुंगो लागि सकेको छैन ।
प्रचण्ड सरकारमा गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठलाई पराराष्ट्र मन्त्री बनाएर रवि लामिछानेलाई गृह दिएका छन् । नयाँ सत्ता गठबन्धन बनेपछि भागबन्डा मिलाउन यस्तो गरएको बुझिएको छ । नारायणकाजी श्रेष्ठले गृह मन्त्री बन्न जोड नगरेको भने होइन तर रास्वपाले गृहमा अडान राखेपछि पराराष्ट्रमन्त्री बन्न तयार भएका हुन् ।