• २०८१ पुष ८, २०८१ ०४:०३

जिबन चलाउने विरुद्ध रेड कर्नर नोटिस जारी

काठमाडौँ । जिबन चलाउने विरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ । ६० किलो सुन प्रकरण जोडिएका चलाउनेलाई अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट डिफ्युजन जारि भएको हो । चलाउने अहिले भारत हुदै दुबईबाट अमेरिका पुगेको बताएको छ । सुन तस्करी मुद्दामा उनी फरार अभियुक्त हुन् ।

चलाउने तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो । तर, ब्युरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिए ।

ब्युरोकी तत्कालीन प्रमुख किरण बज्राचार्यको निर्देशनमा छुटेका चलाउनेले गरेको ‘बयान कागज’ नै सीआईबीका अधिकृहरुले गायब बनाएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।