काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनि निजि बिशेष विमान मार्फत ३:३५ बजे काठमाडौँ आइपुगेका हुन् । कतारका अमिरलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले विमान स्थलमा भब्य स्वागत गरेका छन् । कतारका राजा राष्टपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमण लागि ढाका हुदै काठमाडौँ आएका हुन् ।
कतारका राजाको स्वागतमा काठमाडौँको त्रिभुवन एयरपोर्ट देखि बानेश्वोर, माइतिघर, टेकु, लाजिम्पाट, गौशाला, बालुवाटार र सोल्टी सम्मको सडक पखालेर चिटिक्क पारेका छन् । सडकमा भब्य स्वागतद्वार बनाएका छन् । उनको स्वागतमा नेपाली कला सास्कृतिक भेष भुषा लगाएका नागरिकहरु उपस्थित भएका छन् ।
कतारका शेख दुइ दिने भ्रमणका लागि नेपाल आएका हुन् । उनको यो पहिलो नेपाल भ्रमण हो । उनि भोलि कतार फिर्ता हुने छन् ।