काठमाडौँ । आजबाट सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्न पाउने भएको छ । नेपाली कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध परेको थियो भने लामिछानेलाई संसदमा बोल्न रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज रास्वपा सभापति लामिछाने सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।