• २०८१ पुष ८, २०८१ ०४:२८

उपेन्द्र यादवले दिए राजिनामा

काठमाडौँ । उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्रीबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री प्रचण्डको नेतृत्वको नयाँ बनेको सत्ता गठबन्धनमा जसपा नेपाल सहभागी भएको थियो ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।

जसपा नेपाल बिभाजन भएपछि उपेन्द्र यादव समस्यामा परेका छन् । अशोक राइ नेतृत्वले जसपा फुटाएपछि उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा कमजोर बन्न पुगेका छन् । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी अहिले प्रचण्ड सरकारमै छ । उपेन्द्र यादवले राजिनामा दिए संगै जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।