काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक संसदमा विश्वासको मत पाएका छन् । प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधकाबीच संचालन भएको संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले संसदमा १५७ मत प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिएका थिए । सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा एमाले, रास्वपा, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत अन्य स्वतन्त्र सांसदले मत दिएका थिए । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिदा पनि १५७ नै मत प्राप्त गरेका थिए ।