• २०८१ पुष ८, २०८१ ०४:५३

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु

इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । अजरबैजानमा बाँध उद्घाटन गरेर फर्किने क्रममा उनी सवार हेलिकप्टर दुर्घटना भएको हो । मौसम प्रतिकुलका कारणले हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति सहित ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका दुइ जना सदस्य सवार रहेका थिए । दुर्घटना स्थलमा जानका लागि मौसम खराबीका कारण उद्वार कार्यमा समस्या उत्पन्न भएको थियो । हेलिकप्टर दुर्घटना जंगलको खोंचमा भएको थियो ।

इरानी राष्ट्रपति सवार हेलिकप्टर संगै अर्को दुइवटा हेलिकप्टर संगै उडान गरेका थिए । तर अर्का दुइ हेलिकप्टर भने सुरक्षित अवतरण गरेका थिए । अहिले इरानिहरुले दुइ हेलिकप्टर सकुशल अवतरण गर्ने र राष्ट्रपति सवार हेलिकप्टर चाहिं कसरि दुर्घटना भयो भनेर प्रश्न गरिरहेका छन् ।