• २०८१ पुष ८, २०८१ ०९:४५

कैलाश सिरोहिया विरुद्ध पक्राऊ पुर्जी जारी

काठमाडौँ – कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।