काठमाडौँ । सरकारले भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । मंगलबार बजेट मार्फत अर्थमन्त्री वर्षमान पुनले ५ लाख भूमिहीन भएका सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने बताएको हो । सरकारले २०८१/८२ बजेटमा सुकुम्बासी अथवा भूमिहीन भएकाहरुको समस्यालाई समाधान गर्ने बताएको छ ।
उनका अनुसार मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गरिने भएकाे छ।
त्यस्तै,सरकारले देशभरका जग्गाको नापनक्साको काम थप परिपक्व गर्ने पनि बजेटमा उल्लेख गरेकाे छ । अर्थमन्त्रीले नापजाँच बाँकी रहेका जग्गाको आधुनिक प्रविधिबाट नापजाँच गरिने पनि घोषणा गरेका छन् ।
यस्तै सरकारले आगामी वर्ष २ लाख जनालाई रोजगारी दिने भएको छ । संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै रोजगारी दिने बताएको हो ।
भूकम्प पुननिर्माणका लागि सरकारले २२१ अर्ब ६० करोड बजेट बिनियोजन गरेको छ । जाजरकोट र रुकुममा गएको वर्ष भूकम्पबाट ठुलो जन धनको क्षति भएको थियो । अहिले त्यहाँ भौतिक रुपमा ठुलो क्षति भएको ठाउँमा पुनर्निर्माणको काम भइरहेको छ ।