• २०८१ पुष ७, २०८१ ११:४६

नेपाल दक्षिण अफ्रिकासंग एक रनले पराजित

काठमाडौँ । आइसीसी टी – २० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासंग एक रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ ।

नेपाली समय अनुसार आज बिहान ५ः१५ मा सुरु भएको खेलमा दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर ११५ रन बनाएको थियो।

टस जितेर पहिले बलिङ्ग रोजेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए।

११६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले कुल २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाउन सफल भयो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाएका थिए।