काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । सोमबार प्रधानमन्त्री ओली सहित मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले सोमबार नै २२ जनाको मन्त्रीमण्डल गठन गरेका छन् । एमाले र कांग्रेसको नयाँ सत्ता गठबन्धनमा साना पार्टीहरु पनि सहभागी भएका छन् ।
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टी १ जना मन्त्री भएका छन् । एमालेबाट उपप्रधान एवं अर्थमन्त्रीमा बिष्णु पौडेल , संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ बनेका छन् । यस्तै नेपाली कांग्रेस तर्फबाट सरकारको नेतृत्व गर्दै प्रकाश मानसिङ उपप्रधान तथा शहरी विकास मन्त्री बनेका छन् । कांग्रेसका युवा नेता प्रदीप पौडेल स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । कांग्रेसको तर्फबाट रमेश लेखक गृहमन्त्री बनेका छन् । यस्तै परराष्ट्र मन्त्रीमा आरजु राणा नियुक्त भएका छिन् ।