• २०८१ पुष ८, २०८१ ०९:४२

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सभाको आइतबार बसेको संसद बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री ओलीले संसदमा दुईतिहाइ सांसदको समर्थन पाएका छन् । संसदमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ मत खसेको थियो । प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा ७४ मत खसेको थियो भने एक मत तटस्थ रहेको थियो ।

प्रधानमन्त्री ओलीलाई मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत पार्टीले मत दिएका थिए । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका थिए । नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ बसेका थिए ।