• २०८१ पुष ८, २०८१ ०४:३५

राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको २० करोडको शेयर धितो कर्जा कार्यान्वयन गर्न सर्कुलर जारी गर्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले संस्थागत तर्फको २० करोडको शेयर धितो कर्जा खारेज गर्दै कार्यान्वयनमा ल्याएको छ । शुक्रबार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैंक तथा बित्तिय संस्थाबाट २० करोड भन्दा धेरै धितो कर्जा लिएर लगानी गर्न सर्कुलर जारी गरेका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा लगाइएको २० करोडको क्याप खारेज गर्ने निर्णय गरेको थियो। त्यसैको कार्यान्वयनको लागि केन्द्रीय बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको हो।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ, ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ । तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुने छैन ।’

राष्ट्र बैंकको निर्देशन अनुसार अब संस्थागत लगानीकर्ताको लागि शेयर धितो कर्जामा क्याप लाग्ने छैन। यसले संस्थागत लगानीकर्तालाई ठूला कर्जा लिएर बजारमा लगानी गर्ने बाटो खुलेको छ।

बजारमा संस्थागत लगानीकर्ता सक्रिय हुँदा बजार दीर्घकालिन रुपमा सकारात्मक हुने आँकलन गरिएको छ।