• २०८१ पुष ७, २०८१ ११:४५

अमेरिकामा नेपाली युवतीको गोली हानेर हत्या

काठमाडौँ ।  अमेरिकामा फेरी एक नेपाली चेलीको हत्या भएको छ ।  ममता काफ्लेको हत्या भएको एक महिना नबित्दै सोमबार अमेरिकाको ह्युस्टनमा २१ बर्षीय मुना पाण्डेको हत्या भएको छ ।  उनको आफ्नै अपार्टमेण्टमा गोली लागेको मृतअवस्थामा फेला परेकी थिइन् । नेपालको भोजपुर स्थायी घर भएकी पाण्डे २०२१ मा पढ्नका लागि अमेरिका गएकी थिइन् ।

सन् २०२२ जनवरीयता मुनाले हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुरेण्टमा काम गरेकी थिइन् । त्यहाँ उनले करिब एक वर्ष काम गरेकी थिइन् । अहिले भने उनी एक फाेन स्टाेरमा कार्यरत थिइन् ।

प्रहरीका अनुसार मुनाकाे अपार्टमेन्टमा पुरूषले प्रयोग गर्ने फिटनेसका सामाग्रीहरू फेला परेकाे छ ।यसका आधारमा मुनासँगै कोही पुरुष पनि उक्त काेठामा बस्ने प्रहरीले अनुमान गरेकाे छ । उनी अमेरिकी युवकसँग प्रेम सम्बन्धमा रहेकाे खुलेकाे छ । यससँगै, मुनाको अपार्टमेण्टमा सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू पनि प्रहरीले लगेकाे छ ।

सोमवार बेलुकी (अमेरिकी समय अनुसार) कोठाभित्र शव भएको भन्दै अज्ञात नम्वरबाट अपार्टमेण्टमा फोन गरिएकाे थियाे। जसपश्चात, अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। मुनालाई तीनवटा गोली हानिएको थियो। उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने प्रहरीकाे अनुमान रहेकाे छ। उनकाे ओछ्यानमा देखिएको रगतको टाटाले यस्तेा देखाएकाे हाे ।