• २०८१ पुष ७, २०८१ ११:४३

रवि लामिछानेलाई फेरी १० दिन म्याद थप

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई अनुमति दिएको छ । कास्की प्रहरीले लामिछानेलाई मंगलबार बिहान १० बजे जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराएको थियो । कास्की प्रहरीले लामिछानेलाई अनुसन्धान गर्न थप २५ दिन माग गरेको थियो । तर कास्की जिल्ला अदालतले लामिछानेलाई  १० दिन म्याद थप गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालतका कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

१० दिनमध्ये पाँच दिन तिहार विदामा कटौती भईसकेको छ । यसरी, लामिछाने अब अझै पाँच दिन हिरासतमा रहनुपर्नेछ ।