• २०८१ पुष ७, २०८१ ११:२४

ट्रंपको ४ बर्ष पछि अमेरिकाको राष्ट्रपतिमा पुनरागमन

काठमाडौँ ।  भर्खरै सम्पन्न भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रंपले जबर्जस्त पुनरागमन गरेका छन् । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिमा निर्वाचित ट्रंपले डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदार कमला ह्यारिसलाई हराउदै ह्वाइटहाउसमा ४ बर्ष पछि फेरी पाइला टेकेका छन् । ट्रंपले झन्डै ५१ प्रतिशत भोट ल्याएका छन् भने कमला ह्यारिसले ४७ प्रतिशत भोट ल्याएका छन् ।

ट्रंप सन् २०२० को निर्वाचनमा जो बाइडेन संग पराजित भएका थिए । बाइडेन संग पराजित पछि ट्रंपको राजनीति यात्रा समाप्त भएको अनुमान गरिएको थियो । यहाँसम्मकी उनकै पार्टी रिपब्लिकनका नेताहरुले समेत उनको आलोचना गर्दथे । सन् २०१६ को निर्वाचनमा डेमोक्रेटिक पार्टीमा उम्मेदार हिलरी क्लिन्टनलाई हराउदै ट्रंप पहिलोपटक राष्ट्रपति बनेका थिए ।

विभिन्न आरोप, विवाद र मुद्धा खेप्दै आएका ट्रंपलाई अमेरिकि जनताले पुन एकपटक बिश्वास गरेर राष्ट्रपतिमा जिताएका छन् । अमेरिकी जनताले ट्रंपलाई जिताउनुमा बाइडेन सरकारले यो ४ बर्ष जनतामा राम्रो काम गर्न नसकेको, अमरिकाको आर्थिक अवस्था कम्जोर बन्दै जानु, बेरोजगारी समस्या, आप्रबासी समस्या समाधान गर्न नसक्नु जस्ता समस्या रहेका छन् ।

राष्ट्रपतिमा ट्रंपको जितले रसिया युक्रेन युद्ध रोकिने अनुमान गरिएको छ भन्ने इजरायल इरान युद्ध चर्किने अनुमान गरिएको छ । अमेरिकाको राष्ट्रपति ट्रंप बनेपछि अहिले विश्वको ध्यान केन्द्रित भएको छ । ट्रंपले विदेश नीतिमा नयाँ परिबर्तन ल्याउने अनुमान गरिएको छ । नेटो सैन्य संगठन बिषयमा पनि केहि फेरबदल हुन सक्ने अनुमान गरिएको छ ।