काठमाडौँ । अमेरिकाले अवैधानिक बसोबास गरेका ८ जना नेपालीलाई डिपोर्ट गरेको छ । बुधबार उनीहरुलाई अमेरिकी चार्टर बिमान मार्फत काठमाडौँ ल्याएका हुन् । डिपोर्ट हुनेरुमा १ जना महिला र ७ जना पुरुष रहेका छन् । उनीहरु अबैधानिक बाटो हुदै ५० देखि ९० लाख दलाललाई बुझाएर अमेरिका पुगेका थिए । अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रंप आएपछि कागजबिहिन आप्रबासीलाई डिपोर्ट गरिरहेको छ । ट्रंपले शासन समाहलेदेखि अहिलेसम्म ३५ जना नेपाली डिपोर्ट भएको छ । अमेरिकाले चार्टर विमान मार्फत कागज बिहिन नेपालीलाई काठमाडौँ ल्याएर छोडेको यो पहिलो घटना हो ।
अमेरिकाबाट आउदा उनीहरुलाई हत्कडी र खुट्टामा चेनले बाधेर ल्याएको उनीहरुले प्रहरीलाई बताएका छन् । अमेरिकामा नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रंपकोआगमनसंगै कागजविहिन अप्रवासीलाई निष्कासन गर्ने नीति लिएका छन् । अमेरिकाबाट निष्कासन भएका अप्रवासीहरुमा नेपाल, भारत, मेक्सिको, फिलिपिन्स, ग्वाटेमाला र भेतनाम लगायतका देश रहेका छन् ।