काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा राखिएको छ । सुप्रिम सहकारी ठगि प्रकरणमा रविलाई उच्च अदालत बुटवलले थुनामा राख्न आदेश दिए संगै सोमबार कारागार चलान गरिएको हो । रविलाई ४ नम्बर ब्लकमा एक्लै राखिएको छ । भैरहवा कारागारमा जम्मा ४ वटा ब्लक रहेका छन् । १ र २ नम्बर ब्लकमा अरु कैदी र थुनुवाहरु रहेका छन् । ३ नम्बर ब्लकमा महिला कैदी तथा थुनुवाहरु रहेका छन् ।
शुक्रबार बुढानिलकण्ठको आफ्नै घरबाट पक्राउ परेका रविलाई त्यो रात भद्रकाली प्रहरी हिरासतमा राखिएको थियो । शनिबार मात्रै विमान मार्फत भैरहवा लागिएको उनलाई शनिबार र आइतबार प्रहरीको हिरासतमा राखिएको थियो । शनिबार र आइतबार सरकारी बिदा परेकोले सोमबार मात्रै जिल्लाअदालतमा उपस्थित गराएको थियो । रविलाई अदालतले थुनुवा पुर्जी दिएर भैरहवा कारागार चलान गरिएको हो ।
टवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।