काठमाडौँ । Haishan Media China र ISVG Nepal बीच बुधबार एतिहासिक सहकार्य भएको छ । हाइशन मिडिया चिन र ISVG नेपाल बीच भएको ऐतिहासिक सहकार्यले नेपालका विभिन्न स्थानिय तहमा रहेका जेहेन्दार तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि उज्ज्वल भविष्यको ढोका खोलेको छ।
यस सम्झौताले विद्यार्थीहरूलाई चीनमा उच्च शिक्षाको अवसर प्रदान गर्दै, उनीहरूलाई अर्थिक प्रगतिको मार्ग तर्फ अग्रसर गराउने सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको छ। नेपालका ग्रामीण तथा पिछडिएको क्षेत्रका विद्यार्थीहरूका लागि चीन अब शिक्षा र सम्भावनाको गन्तव्य बन्ने दिशामा यो सहकार्यले एक कोसेढुङ्गा सावित भएको छ।
ISVG Nepal को स्थायी प्रतिबद्धता र Haishan Media China को अन्तर्राष्ट्रिय पहुँचको संयोजनले, भविष्यमा अझ धेरै नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षामा पहुँच पुर्याउने लक्ष्य लिएको छ।