काठमाडौँ । लायन्स क्लब संसारको सबैभन्दा ठुलो सेवा संगठन हो । जसमा २ सय देशमा १४ लाख लायन्स सदस्यहरु रहेका छन् भने ४९ हजार क्लबहरु रहेका छन् । यो संस्थाले मानव सेवा र समाज सेवा मार्फत आवश्यकता परेको ठाउँमा सहयोग गर्छन । लायन्स क्लबले स्वास्थ्य सुधार, समुदायहरुलाई सशक्त बनाउने र विश्वब्यापी रुपमा मानिसको जीवनमा प्रभाव पार्दछ ।
लायन्स क्लबले विश्वब्यापी कारणहरुमा केन्द्रित रहेर काम गर्दै आएका छन् । यसले मुख्यतया मधुमेह, द्र्ष्टि बचत, प्रकोप राहत, वाताबरण, मानवीय प्रयास, भोकमरी र बाल्यकालको क्यान्सर जस्ता मानवीय क्षेत्रमा काम गरिरहेको छ । लायन्स क्लबको मूल मन्त्र भनेको “we serve” अर्थात् हामी सेवा गर्छौं भन्ने हो ।