काठमाडौँ । ISVG नेपालले स्वयंसेवी रक्तदाता अभियानलाई प्रभावकारी बनाउन सरकारलाई डिजिटल प्रणाली कार्यक्रम प्रस्ताव गर्ने भएको छ । यो कार्यक्रमको प्रस्तावक ISVG नेपालको अध्यक्ष अजित खड्का रहेका छन् । नेपालमा सयौं स्वयंसेवी रक्तदाताहरूले नियमित रूपमा निःशुल्क रगत दान गरिरहेका छन्। यद्यपि, रगत आवश्यक परेको बेला आम नागरिकले कुन रक्त बैंकमा कुन समूहको रगत उपलब्ध छ भन्ने जानकारी पाउन मुस्किल पर्ने अवस्था छ। त्यसैले, निःशुल्क दिइने यो अमूल्य सेवा प्रभावकारी रूपमा सर्वसाधारणलाई उपलब्ध गराउन Smart Blood Information System कार्यक्रम प्रस्ताव गरिएको खड्काले बताए ।
यसको मुख्य उद्दश्यहरु रक्त अभावका कारण हुने अकाल मृत्यु न्यूनीकरण गर्नु । स्वयंसेवी रक्तदाताहरूको योगदानको पारदर्शी उपयोग सुनिश्चित गर्नु । डिजिटल सूचना प्रवाह प्रणाली विकास गरी सुलभता वृद्धि गर्नु रहेको छ ।
यो प्रणालीको मुख्य विशेषता हरु रक्त बैंक सूचना प्रदर्शन अनिवार्य बनाउने, हरेक रक्त बैंकले दैनिक उपलब्धता (blood group-wise units) सार्वजनिक गर्नुपर्ने, सूचना प्राविधि (LED board, वेबसाइट, मोबाइल एप) प्रयोग, नजिकको रक्त बैंक पत्ता लगाउने (location-based search)कुन समूह कति युनिट छ भनेर जनतालाई हेर्न मिल्ने, आपतकालीन अनुरोध र दातासँग प्रत्यक्ष सम्पर्क व्यवस्था रहेको छ
यो प्रणालीमा पारदर्शी र सुरक्षित डाटाबेस, सबै रक्त बैंकबाट Live Synchronization र स्वास्थ्य मन्त्रालय अन्तर्गत नियमन र अनुगमन गर्नु पर्ने माग रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा “रक्त बैंक सूचना पारदर्शिता निर्देशिका २०८२” निर्माण निजी तथा सरकारी रक्त केन्द्रका लागि एकरूप सूचना प्रवाह अनिवार्य
BLODAN / ISVG NEPAL जस्ता स्वयंसंस्था मार्फत अनुगमन संयन्त्र बनाउने रहेको छ ।
यो प्रणाली मार्फत नीति निर्माण र सहमति गर्न १ महिनाको अवधि तोकिएको छ । सफ्टवेयर डिजाइन र विकास २ महिना लाग्ने । रक्त बैंक समन्वय र परीक्षण १ महिना
काठमाडौँ उपत्यकाबाट प्रारम्भ १ महिना लाग्ने प्रस्ताव गरिएको छ भने राष्ट्रिय विस्तार २ महिनाको समय प्रस्ताव गरिएको छ ।
यो डिजिटल प्रणाली लागु भएपछि रक्त खोजीको प्रक्रियामा समय र तनाव कम हुने अपेक्षा गरिएको छ । अस्पतालहरूमा आपतकालीन रगतको सहज पहुँच हुने छ ।रक्तदाता र सेवाग्राहीबीच विश्वासमा वृद्धि हुने छ भने डिजिटल हेल्थ प्रणालीतर्फ एक ठुलो फड्को हो ।
यो प्रणालीले हाम्रो देशको रक्तसेवा प्रणालीलाई पारदर्शी, पहुँचयोग्य र आधुनिक बनाउनेछ। स्वयंसेवी रक्तदाताहरूको योगदानको सम्मान गर्दै जनताको जीवन रक्षा गर्न यस प्रकारको प्रणालीको विकास अत्यावश्यक भएको छ।
ISVG नेपालले सरकार समक्ष यो प्रस्ताव अनुमोदनका लागि अनुरोध गर्ने भएको छ । यसको प्रस्तावक ISVG नेपालको अध्यक्ष अजित खड्का रहेका छन् ।