• २०८२ फाल्गुन २२, २०८२ ०४:४३

चितवनमा बस र माइक्रो बस ठोक्किदा ७ जनाको मृत्यु

काठमाडौँ । चितवनमा बस र माइक्रो बस ठोक्किदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । शनिबार बिहान चितवनको पूर्वपश्चिम राप्ति नगरपालिका ३ मा यात्रुबाहक बस र माइक्रो बस बीच एक अर्कामा ठोक्किदा घटना घटेको हो ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।