काठमाडौँ । इपिएस कोरियाले २०२५ का लागि नयाँ आबेदन खुलाएको छ । नयाँ कोटा अनुसार नेपालका लागि कृषि र उत्पादन गरेर ५ हजार ३ सय जनाको संख्या रहेको छ । जसमा उत्पादन तर्फ ३५०० जना र कृषि र पशुपालन तर्फ १८०० जना रहेको छ । यो पटक इपिएसको कोटा नेपालमा मात्र नभएर अन्य देशमा पनि कोरियाले कामदारको माग घटाएको छ ।
इपिएस शाखा ग्वार्कोले आवेदन दिने मिति पनि सार्वजनिक गरेको छ । जसअनुसार यहि साउन २६ गते देखि ३१ गते सम्म आवेदन दिन सक्ने छ ।