• २०८२ फाल्गुन २२, २०८२ ०४:४३

प्रधानमन्त्री ओली चिन प्रस्थान, चिनिया राष्ट्रपतिसंग भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका छन् । प्रधानमन्त्री ओली शनिबार बिहान चिनको शहर थियानजिन गएका हुन् ।  थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा  प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले चिनका राष्ट्रपति सि जिनफिङसंग भेटवार्ता गरेका छन् । भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनफिङसंग भारतसंग लिपुलेकबारे भएको सम्झौताको आपत्ति जनाएका छन् ।