• २०८२ फाल्गुन २२, २०८२ ०४:४४

रास्वपा सभापति रवि लामिछानेले काठमाडौँबाट मतदान गर्ने

काठमाडौँ । भोलि २१ गते बिहिबार देशभर निर्वाचन हुदै छ । भोलि बिहान ७ बजे देखि साझ ५ बजे सम्म मतदान हुने निर्वाचन आयोगले बताएको छ । भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको पनि जनाएको छ ।  गृह मन्त्रालयले देशभर सुरक्षा व्यवस्था मजबुत बनाएको छ । बाहिरी घेरामा नेपाली सेना, सशस्त्र प्रहरीले सुरक्षा दिएको छ भने भित्रि घेरामा नेपाल प्रहरीको सुरक्षा रहेको छ ।

भोलि हुने प्रतिनिधि सभा निर्वाचनमा १६५ सिट प्रत्यक्ष तर्फ छन् भने ११० सिट समानुपातिक गरि जम्मा २७५ सिटका लागि हुदै छ । भोलि हुने निर्वाचनमा प्रधानमन्त्री सुशिला कार्की टोखा धापासीबाट मतदान गर्ने भएको छ ।  यस्तै रास्वपा सभापति रवि लामिछाने महाङ्काल पानि ट्याङ्कि बाट मतदान गर्ने भएको छ ।